fbpx
Nepal Mediciti

गृहपृष्ठ मानव अधिकार आयोग पर्व बिदामा खुला रहने

मानव अधिकार आयोग पर्व बिदामा खुला रहने

manab-adhikar-aayog-newskarobar

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू आगामी दसैं, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११:०० देखि २:०० बजेसम्म खुला रहने भएका छन् ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले पर्वका अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ । (रासस)

प्रकाशित समय १५:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु