fbpx
Nepal Mediciti

गृहपृष्ठ दुई दिनमा ४ लाख ५० हजारले राजधानी छाडे

दुई दिनमा ४ लाख ५० हजारले राजधानी छाडे

buss-newskarobar

दसैं मनाउन दुई दिनमा ४ लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका असोज १५ गते दुई लाख १५ हजार र १६ गते २ लाख ४२ हजारले राजधानी छाडेका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए । यो बीचमा झन्डै सात लाख यात्रु राजधानी भित्रिएका पौडेलले बताए । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।

उनका अनुसार पछिल्ला दुई दिनमा १ लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । ‘समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद संख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुंगालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्युमा गाडी गुडिरहेका छन्,’ उनले भने । उनले राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुंगामा र्‍याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए । (रासस)

प्रकाशित समय १५:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु