fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ राष्ट्र शान्तिका लागि निराहार व्रत

राष्ट्र शान्तिका लागि निराहार व्रत

भरतपुर महानगरपालिका-१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । त्यहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतेकी छन् ।

मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले बारिएको छ । उक्त स्थानमा झुल पनि लगाइएको छ । झुलभित्र वडा नं ९ शरदपुरकी ४० वर्षीया विष्णु ढकाल दसैंको नवरात्रि सुरु भएदेखि नै यहाँ सुतेकी छन् । उनलाई कुर्न र रेखदेख गर्नका लागि श्रीमान् कृष्ण ढकाल खटिएका छन् ।

असोज १२ गते घटस्थापनाका दिनदेखि उनी मन्दिरमा आएर देवीको निराहार व्रत बसेकी हुन् । श्रीमान् कृष्णका अनुसार हिन्दु धर्मको रक्षा र राष्ट्र शान्तिका लागि उनी यसरी निराहार व्रत बसेकी हुन् । यसबाट दैवी शक्ति प्राप्त हुने उनको विश्वास छ । पहिलादेखि नै धर्ममा विश्वास गर्ने विष्णुले विगत केही वर्षयता हस्तरेखाबाट मानिसको भविष्य पनि बताउँदै आएको उनका श्रीमान् कृष्णले जानकारी दिए ।

सोही कार्यका सिलसिलामा विगत पाँच वर्षदेखि उनको यहाँ निराहार व्रत बसेर आफ्नो हात र छातीमा उमारेका जमरा नवमीका दिन देवी मन्दिरमा चढाउने इच्छा थियो । त्यही इच्छाअनुसार यस वर्ष उनले निराहार व्रत बसेको कृष्णले जानकारी दिए । यसरी उमारिएको जमरालाई नवमीका दिनमा दुर्गा मन्दिरमा चढाउने, दशमीका दिनमा लाख बत्ती बालेर व्रत उद्यापन गर्ने कार्यक्रम छ ।

आफ्नो घर चलाउन माछापालन गर्ने उक्त परिवारले धर्मप्रति निकै आस्था राख्दै आएको छ । व्रत बस्नुभन्दा दुई दिनदेखि विष्णुले केही नखाई बसेको श्रीमान् कृष्णले बताए । लामो समयसम्म निराहार व्रत बस्दा पनि विष्णुको शरीरमा खासै समस्या नदेखिएको उनले बताए । घटस्थापनाका दिन उनको हात र छातीमा जौ र मकैको जमरा राखिएको हो । (रासस)

प्रकाशित समय १२:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु