fbpx

गृहपृष्ठ आज नवरात्रको छैटौं दिन, यसकारण गरिन्छ भगवती कात्यायनीको आराधना

आज नवरात्रको छैटौं दिन, यसकारण गरिन्छ भगवती कात्यायनीको आराधना

katyayani-newskarobar

वडा दसैंको छैटौं दिन आज भगवती कात्यायनीको आराधना गरिँदै छ । देशभरका शक्तिपीठमा भगवती कात्यायनीको पूजा आराधनाका लागि भक्तजनको घुइँचो लागेको छ ।

नवरात्रको छैटौं दिन महामायाको छैटौं स्वरुप परम्बाको कात्यायनी स्वरुपको आराधना गर्ने गरिन्छ । सिंह वाहन भएकी माताका चारवटा भुजा छन् । नवरात्रको छैटौं दिनमा विशुद्ध चित्तवाला साधकले कात्यायनीको उपासना गर्नुपर्छ ।

आज दिनमा कात्यायनीको ध्यान गर्नाले साधकका सकल मनोरथ पूर्ण हुन्छन् । अमोघ शक्ति प्रदान गर्ने त्यस्ती पराम्बा कात्यायनीको आराधनाले निश्चय नै साधक प्रचुर शक्तिवान् एवं पूर्ण संकल्पवान बन्न सक्छ । ब्रजमण्डलको अधिष्ठात्री कात्यायनी देवीको गोपिनीहरुले आराधना गर्दा भगवान् श्रीकृष्णलाई पुनः आफ्नो सामु पाएका थिए ।

त्यस्तै रुक्मिणी र सीताले पनि विवाहपूर्व कात्यायनीको नै आराधना गरेका थिए । भक्तको अभिलाषा पूरा गर्ने कात्यायनीले भक्तलाई अत्यन्त संयमित बनाउँछिन् । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान आज्ञा चक्रमा केन्द्रित हुन्छ ।

काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।

नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

प्रकाशित समय ०९:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु