गृहपृष्ठ पोखराबाटै बाहिरिए २० हजारभन्दा बढी यात्रु

पोखराबाटै बाहिरिए २० हजारभन्दा बढी यात्रु

pokhara-dashaina-newskarobar

दसैं मान्न पोखराबाटै बुधबारसम्म करिब २० हजार यात्रु बाहिरिएका छन् । दसैं पर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेसँगै बुधबारसम्म करिब २० हजारभन्दा बढी यात्रुले पोखरा छाडेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले जानकारी दिए ।

पोखरा–काठमाडौं रुटमा खासै समस्या नभए पनि पोखराबाट पूर्व तथा पोखराबाट पश्चिमतर्फ तीन गुणासम्म बस संख्या थप्नुपरेको उनले बताए । पूर्वतर्फ दैनिक पाँच बस सञ्चालन हुनेमा हाल १५ वटा चलिरहेका छन् । पोखराबाट ५० प्रतिशत मानिस बाहिरिने गरेका छन् ।

यात्रुको सहजताका लाथि पोखराका मुख्य तीन नाका पश्चिमतर्फ छोरेपाटन, पूर्वतर्फ पृथ्वीचोक र उत्तर पश्चिमको बागलुङ बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । प्रहरीले बसमा यात्रुको सुरक्षाका लागि चालकले मापसे गरे÷नगरेकोमा सूक्ष्म निगरानी राखिएको उनले जनाए ।

कसैले सरकारले तोकेभन्दा बढी भाडा लिएमा वा यात्रुलाई अभद्र व्यवहार गरेमा नजिकको प्रहरी कार्यालय वा १०० मा तत्काल फोन गर्न पनि एसपी कार्कीले आग्रह गरेका छन् ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु