fbpx
corona information

गृहपृष्ठ डोजर पल्टिँदा एकको मृत्यु

डोजर पल्टिँदा एकको मृत्यु

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका-५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिएको हो ।’ उनले भने, ‘अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा लगिएको छ ।’ (रासस)

प्रकाशित समय १३:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु