fbpx

गृहपृष्ठ ‘युद्धका जीवित स्मृतिहरु’ शीर्षकमा फोटो कथा प्रदर्शनी

‘युद्धका जीवित स्मृतिहरु’ शीर्षकमा फोटो कथा प्रदर्शनी

photo-pradarshani-newskarobar

युद्धका जीवित स्मृतिहरु शीर्षकमा विराटनगरमा फोटो कथा प्रदर्शनी आयोजना गरिएको छ । अपांगता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालको आयोजना र राष्ट्रिय अपांग महासंघ प्रदेश १ को समन्वयमा स्थानीय बी प्लटमा प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा १० वर्षे द्वन्द्वकालमा अपांगता वरण गरेकामध्ये १४ जनाको तस्बिर र घटनाक्रम उल्लेख गरिएको विवरण समेटिएको सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए । ती फोटोहरु फोटो पत्रकार किशोर शर्माले खिचेका हुन् ।

संखुवासभामा भदौ २९ बाट सुरु गरिएको प्रदर्शनी असोज ६ मा इटहरीमा आयोजना गरिने सञ्जालले जनाएको छ । राष्ट्रिय अपांग महासंघका विमल बस्नेतले द्वन्द्वकालमा आमनागरिकले ठूलो क्षति व्यहोर्नुपरेको तथा कयौं व्यक्तिले अपांगता वरण गर्नुपरेको र तीमध्ये केही व्यक्तिको विवरण समेटिएको कथा र फोटो प्रदर्शनीमा राखिएको जानकारी दिए ।

प्रकाशित समय १३:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु