fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ प्रदेश १ सरकारले थाल्यो मानसिक रोगीहरुको उद्धार

प्रदेश १ सरकारले थाल्यो मानसिक रोगीहरुको उद्धार

manasik-rogi-newskarobar

प्रदेश १ सरकारले प्रदेशभरका मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार कार्य थालेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ लाई सडक-मानवरहित प्रदेश बनाउने योजनाका साथ मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार कार्य थालेको बताए ।

उनले मानसिक रोगीमध्येबाट महिलाको हकमा हिंसा साथै यौन हिंसाका घटना बढी हुने भएकाले पहिलो चरणमा मानसिक सन्तुलन गुमाएका महिलाको उद्धार गरिने र त्यसपछि मानसिक सन्तुलन गुमाएका पुरुषको उद्धार गरिने जानकारी दिए । प्रदेश सरकारले सडक बालबालिका र सडकमा मागेर बस्नेहरुको पनि उद्धार गर्ने योजना बनाएको मन्त्री घिमिरेले बताए ।

manasik-rogi-newskarobar

कुनै पनि बहानामा सडकमा मानिसलाई बस्न नदिने अभियान प्रदेश सरकारले बनाएको छ । ‘यो प्रदेशलाई समृद्ध प्रदेश बनाउन सडकमा भौंतारिरहेका सबैको प्रदेश सरकारले उद्धार गर्छ,’ उनले भने, ‘पहिलो चरणमा महिलाको उद्धार गरिएको छ, अब क्रमशः सबैको उद्धार प्रदेश सरकारले गर्नेछ ।’

उद्धार गरिएकाहरुलाई विराटनगरमा स्थापना गरिएको मानव सेवा आश्रममा राखिनेछ । प्रदेश सरकारले थालेको अभियानमा परिवार, आफन्त र नातागोता नभएकाहरुलाई उद्धार गर्ने र उनीहरुको अवस्था हेरेर उपचार गर्ने योजना छ । विराटनगरमा विस्तार गरिएको मानव सेवा आश्रममा भोजपुरबाट उद्धार गरिएकी महिला र उनका बच्चासहित तीन जनालाई राखिएको छ ।

प्रकाशित समय १९:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु