गृहपृष्ठ धनकुटाको मूलघाटमा पितृ उद्यान स्तम्भ

धनकुटाको मूलघाटमा पितृ उद्यान स्तम्भ

pitri stamva uddhyan newskarobar

धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिर परिसरमा पितृ उद्यान स्तम्भको शनिबार उद्घाटन गरिएको छ । करिब २२ लाख रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवसर पारेर शनिबार उद्घाटन गरिएको हो ।

२०७३ सालमा विश्रान्ति मन्दिरमा लगाइएको श्रीमद् भागवत महापुराणबाट उठेको रकमबाट पितृ उद्यान स्तम्भ निर्माण गरिएको विश्रान्ति मन्दिर आश्रम व्यावस्थापन समितिले जनाएको छ । उद्यान स्तम्भमा पितृका नाममा तर्पण दिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु