fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ अवैध रुपमा छिपाउँदै ल्याएको कपडासहित पाँचजना पक्राउ

अवैध रुपमा छिपाउँदै ल्याएको कपडासहित पाँचजना पक्राउ

pakrau-arrest-newskarobar

को धनौजी गाउँपालिका-१ स्थित लखौरीबाट जनकपुर उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय राजेश कापरसहित पाँचजनालाई अवैध रुपमा ल्याउँदै गरेको करिब २० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कपडासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ छवटा मोटरसाइकलमा सातवटा पोकामा राखी अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडासहित २ नम्बर प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त कार्यमा संलग्न फरार एकजनाको प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेका पाँचजनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

 

प्रकाशित समय १४:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु