fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छ : राष्ट्रपति

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छ : राष्ट्रपति

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवं सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताएकी छन् ।  इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उनले परम्परागत पर्वले  आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।

सन्देशमा काठमाडौँ उपत्यकालगायत स्थानमा मनाइने धार्मिक-सांस्कृतिक महत्वको कुमारी इन्द्रजात्रा पर्वको शुभअवसरमा स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

‘सांस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्न सबै एक जुट हुन सकौँ,’ उनले सन्देशमा भनेकी छन्, ‘प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको यस पर्वले प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी इन्द्रजात्राको  शुभकामना व्यक्त गर्दछु ।’ (रासस)

प्रकाशित समय १४:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु