fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

pakrau-arrest-newskarobar

कुस्मा नगरपालिका-९ ज्ञ्यादी बस्ने ७२ वर्षीय लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका चारजनालाई नगद २ लाख १७ हजार २ सय रुपैयाँ र १ बुक ताससहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत कुस्मा नगरपालिका-९ बस्नेहरु ३७ वर्षीय दिनेश ढकाल र ३५ वर्षीय नवराज अधिकारी, सोही ठाउँ बस्ने सल्यान शारदा नगरपालिका-६ घर भएका ३८ वर्षीय उमाभक्त बस्नेत र पर्वत फलेवास नगरपालिका-३ शंकरपोखरी बस्ने ५० वर्षीय रामप्रसाद तिवारी रहेका छन् । साथै जुवाखालमै रहेका एक व्यक्ति हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १४:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु