fbpx
Nepal Mediciti

गृहपृष्ठ आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने

आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले व्यापक वर्षाको सम्भावना नभए पनि कुनै स्थानमा भारी वर्षा हुँदा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत गराएको छ ।

महाशाखाले बुधबार साँझ ६:०० बजे जनाएअनुसार मनसुनी न्यून चापीय रेखाको पूर्वी भाग औसत स्थानको भन्दा केही माथि रहेको छ र अन्य स्थानमा औसत स्थानको आसपासमा अवस्थित छ। साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ ।

हिजोआज देशभरि आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी र मध्य भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  पूर्वी तथा पश्चिमी भू-भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा साथै थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकाले महाशाखाले नदीमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने, पहाडी भू-भागमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित समय १०:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु