fbpx
Nepal Mediciti

गृहपृष्ठ बेनीमा ३ डोजरमा आगजनी

बेनीमा ३ डोजरमा आगजनी

सांकेतिक तस्बिर

म्याग्दीको बेनी नगरपालिका-५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ ।

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको कन्ट्रक्सनका सञ्चालक जिसीले जानकारी दिए ।

आगलागीबाट तीनवटै जेसिभी जलेर ध्वस्त भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पटक-पटक अज्ञात समूहले धम्की दिने गरेको भए पनि आगलागी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ । घटना गएराति १२ बजेतिर भएको हुनसक्ने अनुमान गरिएको छ ।(रासस)

प्रकाशित समय ०८:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु