fbpx
Nepal Mediciti

गृहपृष्ठ विप्लव समूहका जिल्ला नेता पक्राउ

विप्लव समूहका जिल्ला नेता पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले विप्लव समूहका पाँचथर जिल्ला सचिवलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका घर भएका विजय नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका- १४ लुङरुपाबाट मंगलबार पक्राउ गरेको हो । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, उद्योगी व्यवसायी र संघसंस्थामा धम्की दिँदै चन्दा मागेको आरोपमा नेम्वाङलाई प्रहरीले खोजी गर्दै आएको थियो । उनलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु