fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विप्लवका छोरा प्रकाशसहित १५ जना पक्राउ

विप्लवका छोरा प्रकाशसहित १५ जना पक्राउ

प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पक्राउ परेका छन् ।

चितवन मेडिकल कलेजमा आन्दोलन गरेको आरोपमा प्रकाशसहित १५ जना विद्यार्थीलाई चितवन प्रहरीले पक्राउ गरेको हो । आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । सरकारले निर्धारण गरेको भन्दा बढी रकम लिएका मेडिकल कलेजले शुल्क फिर्ता नगरेपछि विद्यार्थी आन्दोलित भएका हुन् । मेडिकल सञ्चालकहरुले केही समयअघि सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता गर्ने सहमति गरेका थिए ।

चितवन मेडिकल कलेज एक सातादेख अशान्त बन्दै आएको छ । विद्यार्थीले शुल्क फिर्ताको माग गर्दै कलेजको पठनपाठन नै ठप्प पारेका छन् । कलेजका एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

प्रकाशित समय ११:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु