fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ विपन्न बिरामीको उपचारमा १ करोड ९० लाख सहयोग

विपन्न बिरामीको उपचारमा १ करोड ९० लाख सहयोग

म्याग्दीको एक संस्थाले गरिब बिरामीको उपचारका लागि १ करोड ९० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । विसं २०७१ मा स्थापना भएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ६ वर्षमा १२० भन्दा बढी गरिब बिरामीको उपचारका लागि १ करोड ९० लाख रूपैयाँ सहयोग गरेर नेपालकै नमुना परोपकारी संस्थाका रुपमा स्थापित भएको हो ।

कोषले स्थापना कालदेखि हालसम्म १ करोड ८९ लाख ८२ हजार ८७६ रूपैयाँ आर्थिक संकलन गरी १२९ जना बिरामीको उपचारका लागि १ करोड ९० लाख रूपैयाँ सहयोग गरेको ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए ।

यसैगरी डेढ करोड रूपैयाँको अक्षय कोष अभियानमा लागेको ओमकुमारी शान्ति कोषमा हालसम्म ८४ लाख ४९ हजार ५३२ रूपैयाँ मूल कोषमा जम्मा भएको उपाध्यक्ष गौतमले बताए । कोषका सात सय हाराहारी आजीवन सदस्य छन् । न्यूनतम ४ हजार रूपैयाँदेखि १५ लाखसम्म बिरामीको उपचारमा खर्च भएको छ ।

हाइपोप्लास्टिक एनिमिला रोगबाट ग्रसित बनेकी बेनी नगरपालिका(४ की ओमकुमारी पुन (शान्ति) को उपचारका लागि सहयोग जुटाउने उद्देश्यले म्याग्दीका केही मनकारी व्यक्तिको अग्रसरतामा स्थापना भएको यस संस्थाले छोटो समयमा नै परोपकार र मानवतावादको नयाँ परिभाषा स्थापित गर्न सफल भएको कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले बताए ।

गत माघमा आफ्नो ३० प्रतिशत कलेजो काटेर नौ महिने बालिकामा प्रत्यारोपण गरी बालिकालाई बचाएका संस्थापक केसीका अनुसार ‘२०७१ सालमा जसको उपचारमा आर्थिक सहयोग जुटाउने र जीवन बचाउने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरियो तर दुर्भाग्य, पर्याप्त आर्थिक र सयौं मानिसको शुभेच्छा हुँदाहुँदै पनि उनै ओमकुमारी पुन (शान्ति) ले यो संसार छोडेर गइन् । बाँकी रहेको उनको चाहना र उपचार गरेर बचेको १३ लाखबाट उनकै नाममा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका विपन्न बिरामीलाई आर्थिक सहयोग गरी उपचारमा मद्दत पुर्‍याउने उद्देश्यले ओमकुमारी शान्ति कोषको स्थापना भएको हो । (रासस)

प्रकाशित समय १४:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु