fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सञ्चालक समितिद्वारा रेडियोमा तालाबन्दी

सञ्चालक समितिद्वारा रेडियोमा तालाबन्दी

सांकेतिक तस्बिर

बाजुरा सदरमुकाममा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ । सहकारीमार्फत सञ्चालन हुँदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेका छन् ।

शुक्रबार साँझ ४:०० बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो सञ्चालन गरिहेका बेला अध्यक्ष र सहसचिवले कर्मचारीलाई दबाब दिँदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताए । उनले समितिका अध्यक्ष र सहसचिवले ‘तिमीहरु काम गर्न सक्दैनौ, अनिश्चित कालसम्मका लागि तालाबन्दी गर्छौं’ भन्दै रेडियोमा ताला लगाएको बताए ।

सहकारीका करिब पाँच सयजना सेयर सदस्यको रकमले सञ्चालनमा ल्याइएको उक्त रेडियो एकाएक बन्द भएको छ । सञ्चालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रूपमा रेडियो एकाएक बन्द गर्दा जनतामा नकारात्मक प्रभाव परेको कर्मचारीले बताएका छन् । सहकारी तथा रेडियो सञ्चालक समितिका यादवले भने कर्मचारीले रेडियो नियमति रूपमा सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताए ।

कर्मचारीलाई जानकारी नदिई एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । रेडियोमा नियमित रूपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानुनी भएको प्रेस युनियका सचिव प्रशान्तराज जोशीले बताए । (रासस)

प्रकाशित समय १४:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु