fbpx
Nepal Mediciti

गृहपृष्ठ चितुवाको आक्रमणबाट ७ वर्षे बालकको मृत्यु

चितुवाको आक्रमणबाट ७ वर्षे बालकको मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

शुक्रबार बेलुका साढे ७ बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालकको शव राति १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जंगलमा फेला परेको उनले बताए । बालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ ।

यसैबीच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका स्थानीय वीरेन्द्र महताले जानकारी दिए । स्थानीयवासी त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २०६८ सालयता २४ जनाको ज्यान गइसकेको छ । (रासस)

प्रकाशित समय ०७:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु