गृहपृष्ठ मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबार  बिहान  ६:०० बजे जनाएअनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित छ र अति नै सक्रिय छ साथै उत्तर ओडिसा र पश्चिम बंगाल आसपास न्यून चापीय प्रणाली बनेको छ |

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ साथै पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ साथै पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसको प्रभावले पहाडी भूभागमा पहिरो जान सक्ने, हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु