गृहपृष्ठ दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

accident-newskarobar

चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना५५प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना६०प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको मृत्यु भएको हो । घाइते क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

स्कुटर र स्कुटर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु