fbpx
Nepal Mediciti

गृहपृष्ठ श्री राधाकृष्ण रथयात्रा आयोजक समितिद्वारा विराटनगरमा प्रभातफेरी

श्री राधाकृष्ण रथयात्रा आयोजक समितिद्वारा विराटनगरमा प्रभातफेरी

prabhatferi-newskarobar

श्री राधाकृष्ण रथयात्रा आयोजक समितिले विराटनगरमा प्रभातफेरी निकालेको छ । विराटनगर–१ पोखरीयास्थित मन्दिर परिसरबाट निकालिएको प्रभातफेरी तीनपैनी, कालीमन्दिर, ट्राफिकचोक, महेन्द्रचोकबाट कोशी राजमार्गबाट बरगाछी हुँदै मन्दिर परिसरमा पुगेर समापन भएको छ ।

रथले परिक्रमा गर्ने नगर क्षेत्रको ७ किलोमिटर सडक खण्डको परिक्रमा गरिएको हो । रथयात्राको तयारी पूरा भएको आमजनमानसमा जानकारी गराउन प्रभातफेरी आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

प्रभातफेरीमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ, आयोजक समितिका पदाधिकारी, सामुदायिक प्रहरी र रथयात्रामा खटिने स्वयंसेवकको सहभागिता थियो ।

प्रत्येकवर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने ऐतिहासिक रथयात्रामा नेपाल तथा भारतका समेत गरी लाखौं श्रद्धालुको सहभागिता हुने गरेको छ । सो रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा हो ।

प्रकाशित समय १६:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु