fbpx
Nepal Mediciti

गृहपृष्ठ विभिन्न स्थानबाट अवैध लागुऔषधसहित पक्राउ

विभिन्न स्थानबाट अवैध लागुऔषधसहित पक्राउ

pakrau-arrest-newskarobar

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागुऔषध नाइट्रोभ्याट १५ ट्याब्लेट, नाइट्रोसन १५ ट्याब्लेट र टामाटस १० ट्याब्लेटसहित दैलेख नारायण नगरपालिका-१० बस्ने १९ वर्षीय विनोद थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङगेटबाट नियन्त्रित लागुऔषध नाइट्रोभेट ४५० ट्याब्लेट, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३ ९० ट्याब्लेट र क्लोनाप्याक्स १ सय ट्याब्लेटसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-११ नवलपुर बस्ने १९ वर्षीय केशव कुँवर र घोराही उपमहानगरपालिका-११ बसपार्क बस्ने १८ वर्षीय आशिष क्षेत्री रहेका छन् । अस्थायी प्रहरी पोस्ट लिङगेटबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिका-९ नागढुंगाबाट नियन्त्रित लागुऔषध बुप्रिनर्फिन ६२ एम्पुल, डाइजेपाम ६२ एम्पुल र फेनरागन ६२ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङ्जा वालिङ नगरपालिका-३ तिनदोबाटो घर भई पोखरा महानगरपालिका-९ नागढुंगा बस्ने २६ वर्षीय बालकृष्ण रास्कोटी र भिरकोट नगरपालिका-३ बयरघारी घर भई पोखरा महानगरपालिका-९ नागढुंगा बस्ने २३ वर्षीया संगीता अधिकारी छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागुऔषध लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १५:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु