fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन् ।

नेपाल-भारत संयुक्त आयोगको दोस्रो बैठकमा सहभागी हुन जयशंकर नेपाल आउन लागेका हुन् । संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको अध्यक्षता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरले संयुक्त रुपमा गर्ने बताइएको छ । बैठकमा आर्थिक, व्यापार तथा पारवहन, ऊर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुने परराष्ट्रले जनाएको छ ।

जयशंकरले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित समय ११:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु