गृहपृष्ठ पारस शाहद्वारा विमानस्थलमा एक प्रहरी अधिकारीमाथि दुर्व्यवहार

पारस शाहद्वारा विमानस्थलमा एक प्रहरी अधिकारीमाथि दुर्व्यवहार

फाइल तस्बिर

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा खटिएका एक प्रहरी अधिकारीमाथि दुर्व्यवहार गरेका छन् ।

आमा कोमल शाह र छोराछोरीलाई थाइल्याण्डका लागि बिदाई गर्न आइतबार साँझ विमानस्थल पुगेका पारसले एक सईमाथि हातपात गरेका हुन् । कोमल र पारसका छोराछोरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न थाइल्याण्ड जाँदै थिए । सो क्रममा पारसले प्रहरी अधिकारीको छातीमा धकेलेको र औंला उठाउँदै चेतावनी दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उक्त प्रहरी अधिकारीले अहिलेसम्म उजुरी नगरेको बताइएको छ । कार्यस्थलमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्नेमाथि सार्वजनिक अपराधको मुद्दा लाग्छ ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु