गृहपृष्ठ व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घूससहित पक्राउ

व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घूससहित पक्राउ

pakrau-arrest-newskarobar

६५ हजार रूपैयाँ घूस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका- ३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् ।

अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए । (रासस)

प्रकाशित समय ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु