fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ जंगली च्याउ खाँदा आमा छोराकै ज्यान गयो

जंगली च्याउ खाँदा आमा छोराकै ज्यान गयो

जंगली च्याउ खाएइर बिरामी परेका जाजरकोट बारेकोट गाउँपालिका- ८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो । च्याउ खाएर बिरामी भएकी युवराजकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको थियो । जाजरकोटमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या बढे पनि जनचेतनाका काम भने हुन सकेको छैन ।

प्रकाशित समय ०८:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु