fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ धनुषामा एक वर्षमा साढे २६ हजारलाई नागरिकता प्रदान

धनुषामा एक वर्षमा साढे २६ हजारलाई नागरिकता प्रदान

karar-agreement-newskarobar

जिल्ला प्रशासन कार्यालय धनुषाले आर्थिक वर्ष २०७५÷०७६ मा २६ हजार ६२० जनालाई नागरिकता प्रदान गरेको छ । तथ्यांकअनुसार वंशजका आधारमा १६ हजार ४०८, अंगीकृतअन्तर्गत ७७९ र प्रतिलिपि नागरिकता ९ हजार ४३३ जनालाई प्र्रदान गरिएको छ ।

धनुषामा यो अवधिमा ७ हजार ५३२ जनालाई राहदानी प्रदान गरेको कार्यालयले जनाएको छ । गैरसरकारी संघ संस्थाअन्तर्गत दर्ता १३६, संस्था नवीकरण ४२५ वटा र ३ वटा नयाँ पत्रिका दर्ता भएका छन् ।

धनुषा प्रशासनमा हाल २ हजार ६१४ मुद्दा रहेको कार्यालयले जनाएको छ । तीमध्ये ठाडो उजुरीको संख्या १ हजार १६, अभद्र व्यवहार १७५, सार्वजनिक शान्तिविरुद्ध ६५, केही सार्वजनिक अपराध ७४ र बजार अनुगमन १४ वटा छन् । एक वर्षमा २९२ वटा मुद्दा फैसला भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख र कर्मचारीबीच कार्यसम्पादन सम्झौता
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले मातहतका कर्मचारीसँग कार्य सम्झौता करार गरेका छन् । प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रशासकीय अधिकृत दीपक कर्ण, लेखनाथ खतिवडा र गणेशचन्द्र मिश्रसँग सम्झौता गरेका हुन् । प्रमुख जिल्ला अधिकारी कणलेले चालू आर्थिक वर्षमा जनतालाई प्रवाह गर्ने सेवाका विषयमा विभिन्न ७ बुँदे सम्झौता गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी कणेलले पनि गृह मन्त्रालयका सचिवसँग कार्र्य सम्पादन सम्झौता गरेका छन् ।

प्रकाशित समय २१:०२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु