fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

mahendra_shahi-newskarobar

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी कालीकोटमा बम विस्फोट गराइएको छ । शाही सहभागी कार्यक्रम स्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार मुख्यमन्त्री शाहीले कालीकोटको पचाल झरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको समयमा कार्यक्रम स्थलनजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो ।

कालीकोटको पचाल झरना गाउँपालिकाको गाउँसभा र दक्षिण एसियाकै अग्लो पचाल झरनाको पर्यटन प्रवर्धनका लागि भइरहेको पूर्वाधार निर्माणका कामको अनुगमन गर्न मंगलबार शाही पचाल झरना पुगेका थिए । प्रहरीका अनुसार मुख्यमन्त्री शाही कालीकोट गएको बेला यसअघि पनि अराजक गतिविधि भएका थिए ।

विस्फोट कसैले जिम्मा नलिए पनि नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले गराएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । विस्फोटमा कुनै क्षति नभएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित समय १७:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु