fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ मोरङको लेटाङबाट ठूलो परिमाणमा अवैध मदिरा वरामद

मोरङको लेटाङबाट ठूलो परिमाणमा अवैध मदिरा वरामद

madira.newskarobar

मोरङको लेटाङबाट प्रहरीले बुधबार सार्वजनिक बसबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा बरमद गरेको छ । लेटाङ नगरपालिका–४ स्थित गंगे चोकबाट प्रहरीले बुधबार बिहान को. १ ख ३०७५ नम्बरको बसबाट १३५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो ।

बसको डिक्कीमा लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको अवैध मदिरासहित प्रहरीले चालक दमक–९ का ३३ वर्षीय बाबुराम आचार्यलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगर पठाएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजूले जानकारी दिए ।

प्रकाशित समय १७:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु