fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ एउटै वडा ६० जनामा डेङ्गु संक्रमण, नियन्त्रणका लागि अभियान सुरू

एउटै वडा ६० जनामा डेङ्गु संक्रमण, नियन्त्रणका लागि अभियान सुरू

Dengu_NewsKarobar

हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् ।

हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो संख्यामा सर्वसाधरण, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको संख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एन्ड डिस्ट्रोय’ अभियानमा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । यो संख्या जिल्लाभरिको डेङ्गु संक्रमितहरुको करिब आधा हो । नियन्त्रणको प्रयासका बाबजुद पनि मकवानपुरमा डेङ्गुका बिरामीको संख्या बढ्दै गएपछि बृहत् सचेतना, सरसफाइ तथा डेङ्गु सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गर्न थालेको महाशाखा प्रमुख कार्कीको भनाइ छ । (रासस)

प्रकाशित समय १०:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु