fbpx

गृहपृष्ठ न्युरोड आगलागीमा करिब ७ करोडको क्षति, ३२ सटर जलेर नष्ट

न्युरोड आगलागीमा करिब ७ करोडको क्षति, ३२ सटर जलेर नष्ट

पोखराको न्युरोडस्थित एस मिनी मार्केटमा मंगलबार भएको आगलागीमा करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीले ३२ सटरका प्राय सामान जलेर नष्ट भएका छन् ।

अपराह्न एकाएक आगलागी भएको हो । ३२ सटरका ७ जना व्यवसायीको अधिकांश सामान जलेर नष्ट भएको एस मिनी मार्केटका सञ्चालक यदुनाथ अधिकारीले बताए । मार्केट भन्दा दुई घर दक्षिणतर्फ सिटिजन्स बैंक रहेको छ । बैंकका सुरक्षागार्ड मानसिंह गुरुङका अनुसार युनिक फर्म पसलको भागबाट आगो सुरु भएको थियो । आगलागी भएको २० मिनेटपछि मात्र दमकल पुगेको थियो ।

आगलागी करिब डेढ घण्टामा नियन्त्रणमा आएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र पोखरा महानगरपालिकाका ३ वटा दमकल र पानी सप्लायर्सहरुका पानी ट्याङकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।

प्रकाशित समय ०९:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु