fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नवलपरासीको अरुणखोलामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीको अरुणखोलामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

nkarobar-newskarobar

नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ ।

मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा पर्ने अरुणखोला पुलमा बुधबार बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा क्षति पुगेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल करिब दुई मिटर तल लच्किएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । ठोक्किएको ट्रकसमेत पुलको फलाममा अड्किएको छ । ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुनेछ । प्रहरीले पूर्वबाट आउने बसका यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था मिलाएको छ ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले जानकरी दिए ।

प्रकाशित समय ०८:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु