fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सर्भर डाउन हुँदा भक्तपुर मालपोतको काम ठप्प

सर्भर डाउन हुँदा भक्तपुर मालपोतको काम ठप्प

जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि कामकाज रोकिएको छ ।

सर्भरका साथै मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको छ । कम्प्युुटर फाँटका ६ कर्मचारीमध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारीले सोमबारदेखि नै सर्भर डाउन भएर काम गर्न नसक्दा सेवाग्राही मर्कामा परेका हुन् ।

यसैबीच, समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीमाथि मालपोत कार्यालयका कम्प्यूटर अधिकृत शिवराज पोखरेलले दुर्व्यवहार गरेका छन् । कार्यालयका सूचना अधिकारी महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा पोखरेलले दुर्व्यवहार गरेको बताइएको छ ।

प्रकाशित समय ०८:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु