fbpx
Nepal Mediciti

गृहपृष्ठ चंखेलीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

चंखेलीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

सांकेतिक तस्बिर

हुम्लाको चंखेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ । चंखेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए । बुढालाई जिल्ला अस्पताल पुर्‍याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, ज्येष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्‍याएको ज्येष्ठ अनमी बोहराले जानकारी दिइन् । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ थियो । (रासस)

प्रकाशित समय १४:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु