fbpx
Nepal Mediciti

गृहपृष्ठ रंगेलीमा किशोरी अपहरणमा संलग्न महिला पक्राउ

रंगेलीमा किशोरी अपहरणमा संलग्न महिला पक्राउ

apaharan-newskarobar

इलाका प्रहरी कार्यालय रंगेली मोरङले किशोरी अपहणमा संलग्न एक महिलालाई पक्राउ गरी सार्बजनिक गरेको छ । कार्यालयले सोमबार रंगेलीमा पत्रकार सम्मेलन गर्दै किशोरी अपहरणमा संलग्न एक महिलालाई सार्वजनिक गरेको हो ।

मोरङको सुनबर्षी नगरपालिकाकी एक किशोरीको अपहरणमा सम्लग्न मध्ये की एक महिलालाई रंगेली प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । गत फागुन २ गतेसुनबर्षी नगरपालिकाकी १५ वर्षीया किशोरीको राति २ बजे घरबाटै अपहरण भएको थियो ।

अपहरणपछि रंगेली प्रहरीले पिडितको जाहेरीका आधारमा अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी गरेको विषयमा अनुसन्धान थालेको थियोे । अनुसन्धानकै क्रममा किशोरीलाई अपहरणमुक्त गर्न सफल भएको प्रहरीले जनाएको छ । पिडितको उजुरीका आधारमा अपहरणमा संलग्न मध्येकी ३६ वर्षीया गीता रिसिदेबलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रहरी निरिक्षक दाहालले नौ जनाको समूह मिलेर ती किशोरीलाई भारतको विभिन्न शहरमा लगि करणी गरेको,३ सय जना सम्मलाई खुवाउनका लागि रोटी बनाउन लगाउने गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

पीडित किशोरीको शरीरका बिभिन्न भागमा तातो पुन्युुुुले डाम्ने काम गरेको समेत किशोरीले बताएकी छन । पिडित किशोरीकी हजुरआमाका अनुसार नातिनीलाई ५ महिना पछि भारतीय प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भारतको पन्जाबबाट उद्दार गरिएका हो ।

प्रकाशित समय १७:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु