fbpx
Nepal Mediciti

गृहपृष्ठ झापाको बिर्तामोड नगरपालिकाका वडा कार्यालयमा कुकर बम विस्फोट

झापाको बिर्तामोड नगरपालिकाका वडा कार्यालयमा कुकर बम विस्फोट

birtamod-bomb-bisfot-newskarobar

अज्ञात समूहले झापाको बिर्तामोड नगरपालिकाअन्तर्गतका तीनवटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । बिर्तामोड ९ स्थित ७, ८ र ९ नम्बर वडाको कार्यालय भवनबाहिर सोमबार बिहान साढे ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालय भवनको भित्ता, ६ वटा सिसाका झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको छ । बिर्तामोड–भद्रपुर सडक खण्डसँगै जोडिएको संयुक्त वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ । अहिले सम्म घटनाको बारेमा कसैले जिम्मा नलिएको प्रहरीले जनाएको छ ।

birtamod-bomb-bisfot-newskarobar

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायव उपरीक्षक श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठ घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । प्रहरीले नेत्र चन्द विक्रम (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरूले बम विस्फोट गराएको हुन सक्ने आशंका गरेका छन् ।

प्रकाशित समय ०८:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु