fbpx
Nepal Mediciti

गृहपृष्ठ भृकुटी कागज कारखाना बन्द भएको दस वर्ष

भृकुटी कागज कारखाना बन्द भएको दस वर्ष

rastriyasabha-newskarobar

राष्ट्रियसभाका सदस्य कोमल ओलीले भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकी छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिएर सदस्य ओलीले कारखाना सञ्चालनमा नल्याएकै कारण केही युवा बिदेसिएको दाबी गरिन् । भृकुटी कागज कारखाना बन्द भएको १० वर्ष नाघेको छ ।

सांसद विन्दादेवी आले रानाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उद्देश्यअनुसारको काम नभई जथाभावी रकम वितरण भएको बताइन् । अनिता देवकोटाले दाङ, रुकुम र रोल्पाको सडक छिट्टै सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दै बुटवलदेखि भैरहवासम्म राखिएका गौतमबुद्धको मूर्ति तोडफोड गर्ने दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिन् ।

अर्का सांसद सिंहबहादुर विश्वकर्माले राष्ट्रिय दलित आयोगको गठन गर्न माग गर्दै सिन्धुपाल्चोकका जुरे पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरे । रामनारायण बिडारीले वन्यजन्तुको संरक्षणका ध्यान दिनुपर्नेमा जोड दिँदै ‘हरियो वन नेपालको धन’ सम्बन्धी नीति आवश्यक रहेको बताए ।

अन्य केही सांसदहरुले मोरङ जिल्लामा निर्माण सम्पन्न भएका विभिन्न बाटाको स्तर निकै खस्किएकाले भ्रष्टाचारीलाई कारबाही गनुपर्ने, भूकम्पको पूर्वतयारीस्वरूप खुला स्थानको व्यवस्था मिलाउने पर्ने तथा जनताका काममा खटिएका राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहमा ढिला गरेमा कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे । यसरी माग गर्ने सांसदहरुमा रमेशजंग रायमाझी, विमला राईले र उदया शर्मा पौड्याल थिए । (रासस)

प्रकाशित समय १५:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु