fbpx
Nepal Mediciti

गृहपृष्ठ बुटवलमा अत्याधुनिक सपिङ कम्प्लेक्स

बुटवलमा अत्याधुनिक सपिङ कम्प्लेक्स

सांकेतिक तस्बिर

बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ (बहुद्देश्यीय भवन) निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आइतबार शिलान्यास गरे ।

उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह गरे । बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दिगो आयस्रोतको आधार बनाउने गरी  उक्त भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो ।

उक्त कार्यका लागि उपमहानगरपालिका र कोषबिच गत फागुनमा सम्झौता भएको थियो । भवनका लागि १० करोड ८४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । विसं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ अत्याधुनिक मापदण्डबमोजिमका व्यावसायिक सटर निर्माण गरिनेछ । भुइँतलामा १४ र पहिलो अनि दोस्रो तलामा २७-२७ सटर निर्माण गर्ने बताइएको छ । (रासस)

प्रकाशित समय १३:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु