गृहपृष्ठ बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

चरिबाघको छालासहित सार्वजनिक । तस्बिर : नरेन्द्रसिंह कार्की/रासस

बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ ।

शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित दुहुँ–२ हिकिलाका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले जाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् । झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा छाला बरामद गरिएको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताए ।

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु