गृहपृष्ठ पूर्वयुवराज्ञी हिमानीको कोषमा पूर्वराजाको सहयोग
पूर्वयुवराज्ञी हिमानीको कोषमा पूर्वराजाको सहयोग
हिमानी कोषद्वारा सञ्चालित ‘दैवी उद्धार कोष’ का लागि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पुस्तक ‘सन्देश संग्रह’ को ५०० प्रति बराबरको रकम सहयोगस्वरुप प्रदान गर्ने भएका छन् ।
किताबको बिक्रीबाट कोषले ५ लाख रुपैयाँ सहयोग पाउने भएको हो । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वयुवराज्ञी हिमानीले कोषमा जम्मा भएको रकम बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपदमा राहतका लागि खर्च गरिने बताइन् । हिमानी कोषले यसअघि पनि प्राकृतिक विपद्का समयमा राहत वितरण तथा विभिन्न सेवामूलक काम गर्दै आएको छ ।
प्रकाशित समय १५:४७ बजे