fbpx
Nepal Mediciti

गृहपृष्ठ एकै परिवारमा तीन छोरी शारीरिक अशक्त, बाढीले बिचल्ली

एकै परिवारमा तीन छोरी शारीरिक अशक्त, बाढीले बिचल्ली

apanga-jaleshwor-newskarobar

महोत्तरीको जलेश्वर नगरपालिका-१ दलितबस्ती केही दिनअघिको बाढीले क्षतविक्षत भएको छ । सोही बस्तीमा बढो कष्टकर जीवन बिताइरहेको रामेश्वर पासमानको परिवार, जहाँ  तीन छोरी शारीरिक रुपमा अशक्त छन् ।

फुसको घर बाढीले भत्काइदिएपछि पासमानको बिजोग भएको हो । आमा, बुबा, तीन बहिनी र दुई भाइ गरी ७ जनाको परिवारमा एक्लै काम गरेर बिहान-बेलुकाको छाक टार्दै आएका पासमान बाढीले घर भत्काइदिएपछि समस्यामा परेका छन् । दैनिक मजदुरी गरेर जीवनयापन गरिरहेका उनलाई घर कसरी बनाउने भन्ने चिन्ता थपिएको छ ।

स्थानीय संघ संस्थाले पासमान परिवारलाई सहयोग गर्दै आएका छन् । सोमबार गरिब असहाय संरक्षण मञ्चले नगदसहित चामल, दाल र कपडा सहयोग ग-यो । मञ्चका अध्यक्ष वैद्यनाथ साहले नगद २ हजार १ एक, २५ किलो चामल, तीन थान त्रिपाल, प्रमोद चौधरीले २ हजार १ सय र खुश्वु वस्त्रालयले कपडा सहयोग गरेको सामाजिक अभियन्ता गुञ्जा रायले जानकारी दिए ।

सधैंको पीडा, सबैको पीडा
केही दिनअघि आएको बाढीले प्रदेश २ सबैभन्दा बढी प्रताडित बन्यो । विगतमा झैं यो वर्ष पनि खोलाको बाढी गाउँ पसेपछि यहाँका बासिन्दाले ठूलै सास्ती खेप्नुप-यो । ठूलै जनधनको क्षति भयो । र, यो वर्षौंदेखिको प्रताडनाबाट प्रदेश २ का नागरिकलाई मुक्ति दिलाउन कसैलाई ठोस पहल भएको पाइँदैन । बाढी आउँदा के-के नै गरुँला झैं गर्ने स्थानीय र प्रदेश सरकार पनि भलबाढी सुकेसँगै ओइलाउँछन् ।

बाढीले प्रदेश २ का नागरिकको जनजीवन कष्टकर बनेपछि लेदो सुक्न नपाउँदै मुख्यमन्त्री मो. लालबाबु राउत काठमाडौं आएर प्रधानमन्त्रीलाई भटे । ‘बाढीले तराईको जनजीवन कष्टकर भयो, यसको दीर्घकालीन समाधानका लागि केन्द्रबाटै पहल हुनुप-यो,’ उनले प्रधानमन्त्रीसँग आग्रह गरे । सोमबारमात्र उनले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर तटबन्ध निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् । तर, पुनबाट अर्थमन्त्रीलाई भनेर बजेट निकासामा सहयोग गर्ने आश्वासनभन्दा बढी उनले केही दिन सकेनन् ।

बाढीले पासमानजस्तै सयौं घरपरिवार वर्षौंदेखि दुःखको जीवन बिताउँदै आएका छन् । कयौं घरबारविहीन बनेका छन्, कयौं परिवारविहीन बनेका छन् । बाढीको विनासबाट दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीरतापूर्वक नलाग्ने हो भने आगामी वर्षहरु झन् भयावह हुनसक्ने स्थानीयको चिन्ता छ ।

प्रकाशित समय ०६:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु