गृहपृष्ठ केन्याबाट १२ नेपाली युवतीलाई स्वेदश फर्काइयो

केन्याबाट १२ नेपाली युवतीलाई स्वेदश फर्काइयो

Mahila-sex-newskarobar सांकेतिक तस्बिर

मानव तस्करको गिरोहमार्फत अफ्रिकी राष्ट्र केन्याका डान्सबार पु-याइएका १२ नेपाली युवतीलाई स्वदेश फर्काइएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)को सहयोगमा उनीहरुलाई नेपाल फर्काइएको हो ।

नेपाल प्रहरीको मानव बेचनविखन अनुसन्धान ब्युरोका अनुसार उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ । नेपालबाट ल्याइएका युवतीलाई यौनदासी बनाइएको भन्दै केन्याका सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । ती नेपाली युवतीलाई भारतको बाटो हुँदै अफ्रिका पु-याइएको पाइएको छ ।

केन्या प्रहरीले नेपाली युवतीलाई यौनदासी बनाउने ‘मालिक’लाई पक्राउ गरी कारबाही गरिरहेको छ । तर, नेपालबाट पठाउने गिरोह भने पक्राउ परेका छैनन । नेपाली युवतीलाई अवैध मार्ग हुँदै केन्या पु-याउने गिरोहको खोजी भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु