fbpx
Nepal Mediciti

गृहपृष्ठ १ सय २० किलो गाँजासहित ४ जना पक्राउ

१ सय २० किलो गाँजासहित ४ जना पक्राउ

१ सय २० किलो गाँजासहित ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जको बगहीबाट गएराति साढे १० बजे उनीहरुलाई पक्राउ गरिएको हो । बिआर०१डिबी ०००३ नम्बरको भारतीय कारको डिक्कीमा राखेर गाँजा तस्करी गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–१७ का २१ वर्षीय रमेश लामिछाने, सोही स्थानका २० वर्षीय डम्बरमणि घिमिरे, पर्सा पटेर्वासुगौली गाउँपालिका–४ का ४२ वर्षीय प्रेम दास र पर्साको सखुवाप्रसौनी– ६ का ३५ वर्षीय राजेश खवास छन् ।

उनीहरुले नै चलाएको ना२४प ८७६४ नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु