गृहपृष्ठ ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

ज्येष्ठ नागरिकको पालनपोषण गर्ने छोराबुहारी सम्मानित

दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो । आथिक वर्ष ७५–७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक सम्मान तथा असल छोरा, बुहारी र छोरी सम्मान कार्यक्रमअन्तर्गत प्रत्येक वडाबाट तीन तीन जनाका दरले २१ जनालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको हो ।

जनप्रतिनिधि ज्येष्ठ नागरिकको घरघरमा पुग्ने र ज्येष्ठ नागरिकसँगको छलफलपछि असल छोराबुहारी, छोरीको छनोट गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । ज्येष्ठ नागरिकको पालन पोषणलाई मध्यनजर गरी तामाकोशी गाउँपालिकाले गत वर्षदेखि नीति तथा कार्यक्रममा नै समावेश गरी रकम विनियोजन गरेको थियो ।

विभिन्न घरायसी कामले गर्दा ज्येष्ठ नागरिकको हेरचाहमा विस्तारै कमी हुँदै गएको देखिएकाले ज्येष्ठ नागरिकको सम्मानका लागि गाउँपालिकाले असल छोराबुहारी सम्मान कार्यक्रम शुरु गरेको अध्यक्ष पोखरेलले बताए । (रासस)

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु