fbpx
Nepal Mediciti

गृहपृष्ठ पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको वैद्यनाथ खोला आइतबार बिहान फुटेको छ ।

शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले वैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेको बेला आइतबार बिहान उक्त ताल आफैं फुटेको र अहिले तीनटाट्ने, गोटिया, बकपती, सोमबारे र कटारीको रिस्कु क्षेत्रका स्थान खोलाको डुबानको कारण स्थानीयवासीलाई अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काका अनुसार शनिबार राति नै बैद्यनाथ खोला आसपास हुँदै कटारीको यारी खोलामा मिसिने स्थानका गाउँका स्थानीयवासीलाई सतर्क गराएर अन्यत्र सारिएको कारण अहिले उक्त गाउँ खाली भएका कारण वैद्यनाथ खोला फुट्दा मानवीय क्षति नभएको हो ।

वैद्यनाथ खोला पहिरोले थुनिएपछि नेपाली सेनाको एक टोली विस्फोटक पदार्थ लिएर उक्त क्षेत्रमा नदी खोल्न पुगे पनि सेनाले उक्त नदी थनिएर बनेको ताल फुटाउन परेन । (रासस)

प्रकाशित समय १५:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु