fbpx
Nepal Mediciti

गृहपृष्ठ महाकाली अञ्चल अस्पतालले उधारोमा मागेर औषधी वितरण

महाकाली अञ्चल अस्पतालले उधारोमा मागेर औषधी वितरण

कञ्चनपुर भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महिनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधी उधारोमा मागेर वितरण गरिरहेको छ ।

लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधीको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महिनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत गरिब, असहाय, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, सहिद परिवारलगायतलाई निःशुल्क वितरण गर्नुपर्ने औषधी तीन महिनायता अभाव रहेको छ ।

‘औषधि अभावका कारण केही समय लक्षित वर्गका बिरामीलाई दिन सकिएन,’ महाकाली अञ्चल अस्पताल प्रशासनका सूचना अधिकृत केशवदत्त अवस्थीले भने,‘पछि साझाबाट उधारोमा मागेर काम चलाउने कुरो भयो ।’

औषधी अभाव हुँदा सामाजिक एकाइबाट प्रक्रिया पु-याएपछि बिरामीले साझाबाट औषधि लैजानुपर्ने प्रबन्ध मिलाएको सूचना अधिकृत अवस्थीले जानकारी दिए ।

औषधी सहज रुपमा अस्पतालबाट नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ । अस्पताल प्रशासनले औषधी खरिद गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग पनि गुहार मागेको छ । बजेट छुट्याइएको विषय भने जानकारी नभएको अवस्थीले बताए ।

सूचना अधिकृत अवस्थीले औषधीका लागि संघीय सरकारबाट चालु आर्थिक वर्षमा ३ लाख रूयैयाँ मात्रै आएको जानकारी दिए । उनले गत र चालु आर्थिक वर्षमा गरी एकाइले ल्याइएको १५-१६ लाख मूल्य बराबर उधारो औषधीको रकम तिर्न बाँकी रहेको बताए । (रासस)

प्रकाशित समय १४:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु