fbpx

गृहपृष्ठ बाराका २ सय परिवारलाई सुरक्षित स्थानमा सारियो

बाराका २ सय परिवारलाई सुरक्षित स्थानमा सारियो

rautahat-duban-newskarobar

बाराका विभिन्न ठाउँका दुई सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

डुबानपछि दुई सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । जितपुर–सिमरा उपमहानगरपालिका–८ का ३५ घरलाई धर्मशालामा राखिएको छ । वडा नं. १० र २४ का ५० परिवारलाई विद्यालयमा सारिएको प्रमुख जिल्ल अधिकारी राजेश पौडेलले जानकारी दिए । फेटा गाउँपालिकाका एक सय ३० परिवारलाई छिमेकीकोमा बस्ने व्यवस्था मिलाइएको छ ।

विश्रामपुरका ३५ घरपरिवारलाई भने पुरानो गाविस र छिमेकीको घरमा सारिएको पौडेलले बताए । यस्तै, नालीमा डुबेर बारा परवानीपुर गाउँपालिका–१ का अरबिन्द्र यादवका डेढ वर्षीय छोरा बिक्की यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु