fbpx
Nepal Mediciti

गृहपृष्ठ रुखमा चढेर ज्यान बचाएका मुखियाको उद्धार

रुखमा चढेर ज्यान बचाएका मुखियाको उद्धार

janakpur-flood-kamala-nadi-newskarobar

धनुषा र सिरहाको बीचमा पर्ने कमला नदीको बाढीले घर बगाइदिएपछि बिहीबार साँझदेखि रुखमा चढेर बसेका गद्रु मुखियाको उद्धार भएको छ । मुखियाको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले करिब २ घण्टाको प्रयासपछि उद्धार गरेको हो ।

सिरहाको बन्दीपुरस्थित कमला नदीको छेउमा बनाएको कुटी नदीमा एक्कासि बाढी आएर बगाएपछि उनी हत्तपत्त रुखमा चढेका थिए । मुखिया कर्जन्हा नगरपालिका–२ का स्थायी बासिन्दा हुन् । रुखमा चढेर ज्यान बचाएका मुखियाले बिहीबार रातिदेखि नै उद्धारका लागि हारगुहार गरिरहेका थियो । नदीमा पानीको वहव कम भएपछि उनको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

बिहीबार साँझदेखि रुखमै बास, अझै उद्धार हुन सकेन

प्रकाशित समय २१:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु