fbpx
Nepal Mediciti

गृहपृष्ठ कारोबार दैनिकका गजेन्द्र बुढाथोकीसहित तीन पत्रकार सम्मानित

कारोबार दैनिकका गजेन्द्र बुढाथोकीसहित तीन पत्रकार सम्मानित

gajendra-budhathoki-newskarobar

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारी संस्थाले विराटनगर स्थित कान्तिपुर संवाददाता देवनारायण साह र बी एफएमकी उमा पोखरेल र कारोबार दैनिकका पत्रकार गजेन्द्र बुढाथोकीलाई सहकारी संस्थाको स्थापना दिवस पारेर सम्मान गर्ने गरेको हो ।

साहलाई २१ हजार राशिसहितको मेम्बर चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार प्रदान गरिएको छ । यस्तै, १० हजार राशिसहित पोखरेल मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मानित भएकी छन् । यस्तै ५१ हजार राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट गजेन्द्र बुढाथोकीलाई सम्मान गरिएको हो ।

समाजसेवी दिनवन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशी ३१ हजार नगद रहेकोमा यस वर्षदेखि बढेर ५१ हजार पु-याइएको छ । यो पुरस्कारका लागि समाजसेवी गोयलले पाँच लाखको अक्षयकोष खडा गरी सोको व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरका उत्कृष्ट पत्रकारलाई सम्मान गरिने जनाइएको छ ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले राजनीतिक आस्थाको आधारमा नभएर निष्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड दिए ।

प्रकाशित समय १८:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु